newsare.net
काठमाडौं । मौसमको खराबीका कारण काभ्रेको जारपाटी भन्ने स्थानमा ४ ओटा हेलिकप्टर आकस्मिक अवतरण गरिमौसम खराबीका कारण काभ्रेमा एकैपटक ४ हेलिकप्टर आकस्मिक अवतरण, सबै यात्रु सुरक्षित
काठमाडौं । मौसमको खराबीका कारण काभ्रेको जारपाटी भन्ने स्थानमा ४ ओटा हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । सोलुखुम्बुको लुक्लाबाट काठमाडौं आउँदै गरेका सिम्रीक एयरका २ र मनाङ र कैलाश एयरका एक एक ओटा हेलिकप्टर उक्त स्थानमा अवतरण गरिएको हो । मंगलबार बिहान लुक्लाबाट पर्यटक ल्याएर काठमाडौं आउँदै गरेका उक्त हेलिकप्टरहरु काठमाडौंको भिजिविलिट कम भएपछि काभ्रेमै सुरक्षित स्थानमा अवतरण गरिएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ । हेलिकप्टरमा सवार यात्रुहरु भने सबै सकुसल रहेका छन । तस्विर : सरोज बस्नेतको फेसबुकबाट The post मौसम खराबीका कारण काभ्रेमा एकैपटक ४ हेलिकप्टर आकस्मिक अवतरण, सबै यात्रु सुरक्षित appeared first on Bizkhabar Online. Read more