सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान
१४ मंसिर, म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको राखुका किसान सुन्तला ढुवानीका लागि श्रमदान अभियानबाट सडक मर्मतमा जुटेका छन् । बाढीले सडक भत्काएपछि यातायात अवरुद्ध हुँदा सुन्तला बजार पुर्याउन समस्या भएपछि स्थानीयवासीले श्रमदान अभियान सञ्चालन गरेका हुन् । गत असोज दोस्रो साताको वर्षापछि नयाँपुल–राखु–भकिम्ली सडकअन्तर्गत गौडाखोलामा आएको बाढीले करिब १५ मिटर सडक भत्काएको थियो । सरकारी […]