Nepal



टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्त
BizKhabar Online » BizKhabar Online

टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवा पहुँच पुर्याउने अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेँसी, रसुवाको टिमुरे तथा बाराको भगवानपुर र मधुरीजाब्दीमा टुजी र फोरजी सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ । भौगोलिक रूपमा अतिविकट हुम्लाको नाम्खा […]

अमेरिकी करप्रति क्यानाडाको आपत्ति, प्रधानमन्त्री कार्नीले भने-‘आवश्यक कदम चाल्छौँ’

ओटावा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले डेयरी, मादक पेय पदार्थ र मोटर सवारीसँग सम्बन
BizKhabar Online » BizKhabar Online

अमेरिकी करप्रति क्यानाडाको आपत्ति, प्रधानमन्त्री कार्नीले भने-‘आवश्यक कदम चाल्छौँ’

ओटावा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले डेयरी, मादक पेय पदार्थ र मोटर सवारीसँग सम्बन्धित केही क्यानाडाली वस्तुमा थप ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेपछि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले त्यसको कडा विरोध गरेका छन्। उनले उक्त कदमलाई क्यानाडा–अमेरिका–मेक्सिको स्वतन्त्र व्यापार सम्झौता (सियुएसएमए) को उल्लङ्घन भएको बताउँदै क्यानाडाले आफ्ना कामदार, किसान, व्यवसाय र परिवारको हित […]

साउदीबाट आईएमई गर्दा अभिषेक कालाखेतीले जिते बीवाईडी एट्टो १ ईभी, श्रीमतीलाई ईभी हस्तान्तरण

काठमाडौँ । साउदीबाट डिजिटल वालेट टिग्मोमार्फत आईएमईमा पैसा पठाउँदा अभिषेक कालाखेतीले बीवाईडी ए
BizKhabar Online » BizKhabar Online

साउदीबाट आईएमई गर्दा अभिषेक कालाखेतीले जिते बीवाईडी एट्टो १ ईभी, श्रीमतीलाई ईभी हस्तान्तरण

काठमाडौँ । साउदीबाट डिजिटल वालेट टिग्मोमार्फत आईएमईमा पैसा पठाउँदा अभिषेक कालाखेतीले बीवाईडी एट्टो १ ईभी जितेका छन्। ‘टिक्मोमार्फत आईएमई गरौँ, उपहार जितौँ’ योजना अन्तर्गत कालाखेतीले ईभी जितेका हुन्। आईएमईले मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी अभिषेककी श्रीमती कल्पना कालाखेतीलाई ईभी हस्तान्तरण गरेको छ। यसैगरी युवराज न्यौपाने र सन्तोष गिरीले याडिया ओभिन इलेक्ट्रिक स्कुटर जितेका छन् […]

डिजिटल पहलले सुनचाँदी व्यवसाय आधुनिक र व्यवस्थित बन्नेछ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल सुनचाँदी रत्न तथा आभूषण म
BizKhabar Online » BizKhabar Online

डिजिटल पहलले सुनचाँदी व्यवसाय आधुनिक र व्यवस्थित बन्नेछ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको डिजिटल पहलले सुनचाँदी व्यवसायलाई आधुनिक, पारदर्शी र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघद्वारा आयोजित वेबसाइट तथा मोबाइल एप शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै अध्यक्ष अग्रवालले सुनचाँदी व्यवसाय केवल व्यापार मात्र […]

नुवाकोटमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो : आधा दर्जन किसान घाइते, एक गम्भीर

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगााएको छ ।
BizKhabar Online » BizKhabar Online

नुवाकोटमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो : आधा दर्जन किसान घाइते, एक गम्भीर

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगााएको छ । खेतमा रोपाईं गरिरहेका बेला सोमबार एक्कासि ठूलो पहिरो गएपछि आधा दर्जन किसान घाइते भएको एक स्थानीयले बताए । घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर छ । उनलाई करिब ७–८ सय मिटर तल जंगलमा पहिरोको बीचबाट उद्धार गरिएको थियो । भट्टको […]

बिश्वकप उपाधि जितेको स्पेनको बिश्व बिजेता टोलीलाई २० लाख समर्थकले गरे स्वागत

काठमाडौं । स्पेनको राष्ट्रिय फुटबल टोलीले आफ्नो दोस्रो विश्वकप उपाधि जितेको खुसीयाली स्वदेशमा भ
BizKhabar Online » BizKhabar Online

बिश्वकप उपाधि जितेको स्पेनको बिश्व बिजेता टोलीलाई २० लाख समर्थकले गरे स्वागत

काठमाडौं । स्पेनको राष्ट्रिय फुटबल टोलीले आफ्नो दोस्रो विश्वकप उपाधि जितेको खुसीयाली स्वदेशमा भब्य तरिकाले मनाएको छ । स्पेनको राजधानी म्याड्रिडमा स्थानिय समय अनुसार सोमबार करिब २० लाख समर्थकबाट बिजेता राष्ट्रिय टोलीले भव्य स्वागत पाएको छ । टोलीले म्याड्रिडको मध्यभागमा खुला छत भएको बसमा र्‍याली निकाल्यो र त्यसपछि सहरको प्रख्यात ‘प्लाजा डे सिबेलेस’ मा भेला […]

अमेरिकाले ‘डेलाइट सेभिङ टाइम’ प्रणालीमा महत्त्वपूर्ण परिवर्तन गर्दै, नयाँ कानुन ल्याउने

काठमाडौं । विश्वभर समय व्यवस्थापनका लागि विभिन्न विधिहरू अपनाइन्छन् र तीमध्ये सबैभन्दा बढी चर्च
BizKhabar Online » BizKhabar Online

अमेरिकाले ‘डेलाइट सेभिङ टाइम’ प्रणालीमा महत्त्वपूर्ण परिवर्तन गर्दै, नयाँ कानुन ल्याउने

काठमाडौं । विश्वभर समय व्यवस्थापनका लागि विभिन्न विधिहरू अपनाइन्छन् र तीमध्ये सबैभन्दा बढी चर्चा गरिने विधिहरूमध्ये एक ‘डेलाइट सेभिङ टाइम’ हो । संयुक्त राज्य अमेरिका यस प्रणालीमा पुनः एकपटक महत्त्वपूर्ण परिवर्तन गर्न तयार हुँदैछ, यसका लागि नयाँ कानुन ल्याउने औपचारिक विधायीक प्रक्रिया हाल अघि बढिरहेको छ। वर्षमा दुई पटक घडीको सुई अघि पछि सार्दा हुने […]

सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्कियो, नौ जनाको मृत्यु

नयाँदिल्ली । भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्
BizKhabar Online » BizKhabar Online

सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्कियो, नौ जनाको मृत्यु

नयाँदिल्ली । भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्तीमा नौ जना मजदुरको मृत्यु भएको छ भने अझै १५ जना सुरुङभित्र फसेका छन् । विषाक्त मिथेन ग्यासका कारण उद्धार कार्य कठिन बनेको अधिकारीहरूले मङ्गलबार बताएका छन् । दुर्घटना सोमबार टिस्टा नदीमा निर्माणाधीन सरकारी जलविद्युत् परियोजनाको सुरुङमा भएको हो । त्यसबेला मजदुरहरू सुरुङ निर्माणको […]

निजी शिक्षा र स्वास्थ्यमा लागू भएको ३ प्रतिशत समता शुल्क फिर्ता लिएको प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने तयारी गरिएको
BizKhabar Online » BizKhabar Online

निजी शिक्षा र स्वास्थ्यमा लागू भएको ३ प्रतिशत समता शुल्क फिर्ता लिएको प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने तयारी गरिएको ३ प्रतिशत समता शुल्क हालका लागि कार्यान्वयन नगर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि उक्त निर्णय लिएको जनाइएको छ। आमनागरिकले थप आर्थिक भार व्यहोर्नुपर्ने तथा जनस्तरबाट व्यापक चासो र असन्तुष्टि देखिएपछि शुल्क तत्काल लागू नगर्ने निर्णय गरिएको हो। […]

पहिरोले सात प्रमुख राजमार्ग पूर्णरूपमा तथा १२ राजमार्ग आंशिकरूपमा प्रभावित

काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर सात प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १
BizKhabar Online » BizKhabar Online

पहिरोले सात प्रमुख राजमार्ग पूर्णरूपमा तथा १२ राजमार्ग आंशिकरूपमा प्रभावित

काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर सात प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १२ राजमार्ग आंशिक रूपमा प्रभावित भएका छन् । सडक विभागले अवरुद्ध भएका सडकखण्डमध्ये ५१ सडक मर्मतपछि पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी सडक खुलाउने काम तीव्र रूपमा भइरहेको जनाएको छ । विभागका प्रवक्ता श्यामबहादुर खड्काले पहिरोका कारण अवरुद्ध सडक […]

नयाँ सरकारले पनि सोचेन यात्रु सुरक्षा : देशभरका सडक अवरुद्ध हुँदा सुधारमा बेवास्ता

काठमाडौँ । देशका विभिन्न भागमा निरन्तरको वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भइ
BizKhabar Online » BizKhabar Online

नयाँ सरकारले पनि सोचेन यात्रु सुरक्षा : देशभरका सडक अवरुद्ध हुँदा सुधारमा बेवास्ता

काठमाडौँ । देशका विभिन्न भागमा निरन्तरको वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भइरहेका छन् । मंगलबार बिहानसम्म सार्वजनिक गरेको विवरणअनुसार देशभरका ९ बढी स्थानमा राष्ट्रिय राजमार्गहरु प्रभावित भएका छन् । कतै सडक पूर्ण रूपमा बन्द छन् भने कतै एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ । मनसुन लागेसँगै हरेक वर्ष दोहोरिने यो समस्या समाधानका […]

सामान किन्दा सक्कली बिल लिएरै ‘मिलिनियर’ बन्ने अवसर, महिनामा दुई जनालाई सरकारले १०-१० लाख दिने

काठमाडौं । सरकारले कर प्रणालीलाई थप प्रभावकारी बनाउन र उपभोक्तामा सक्कली बिल लिने बानीको विकास ग
BizKhabar Online » BizKhabar Online

सामान किन्दा सक्कली बिल लिएरै ‘मिलिनियर’ बन्ने अवसर, महिनामा दुई जनालाई सरकारले १०-१० लाख दिने

काठमाडौं । सरकारले कर प्रणालीलाई थप प्रभावकारी बनाउन र उपभोक्तामा सक्कली बिल लिने बानीको विकास गर्न ‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ अभियान सञ्चालनमा ल्याएको छ । यसका लागि अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार’ कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ सञ्चालनमा ल्याएको छ । बजेटमार्फत घोषणा गरिएको यस कार्यक्रमअन्तर्गत हरेक दिन एक जना नेपालीलाई लखपति बनाइने तथा महिनामा […]

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक

काठमाडौं । एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले सु
BizKhabar Online » BizKhabar Online

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक

काठमाडौं । एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले सुर्खेतमा ग्राहक भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । स्थानीय विद्यालयका सञ्चालक, यातायात व्यवसायी, फ्लीट सञ्चालक, उद्योगी–व्यवसायी तथा कम्पनीका ग्राहकहरूको उल्लेखनीय सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको मुख्य आकर्षणका रूपमा कम्पनीले ‘हिरोई बीएस६ स्कुल बस’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको […]

नेपाली बजारमा मलेसियन ब्राण्ड प्रोटोनको नयाँ ह्याचब्याक इमास फाइभ सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । नेपाली बजारमा मलेसियन ब्राण्ड प्रोटोनको नयाँ ह्याचब्याक इमास फाइभ सार्वजनिक भएको छ ।
BizKhabar Online » BizKhabar Online

नेपाली बजारमा मलेसियन ब्राण्ड प्रोटोनको नयाँ ह्याचब्याक इमास फाइभ सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । नेपाली बजारमा मलेसियन ब्राण्ड प्रोटोनको नयाँ ह्याचब्याक इमास फाइभ सार्वजनिक भएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले इमास फाइभ बिक्री सुरू गरेको हो । कम्पनीले इमास फाइभको दुई भेरियन्ट उपलब्ध गराएको छ । कम्पनीले पहिलो १०० ग्राहकलाई विशेष छुट दिँदै इमास फाइभ प्राइम भेरियन्टको मूल्य २९ लाख ९९ हजार र […]

माछापुच्छ्रे बैंकको दुई कर्मचारी बढुवाः अर्याल सिनियर डीसीईओ र जमरकटेल डीसीईओमा नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकले दुई कर्मचारीको बढुवा गरेको छ । बैंकको सञ्चालक समितिको साउन ४ गते ब
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे बैंकको दुई कर्मचारी बढुवाः अर्याल सिनियर डीसीईओ र जमरकटेल डीसीईओमा नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकले दुई कर्मचारीको बढुवा गरेको छ । बैंकको सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) तथा नायब महाप्रबन्धक सुभाष जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गर्ने निर्णय गरेको हो । बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढीको लामो […]

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध, एक खर्ब १६ अर्ब योगदान रकम जम्मा

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान र
BizKhabar Online » BizKhabar Online

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध, एक खर्ब १६ अर्ब योगदान रकम जम्मा

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् । कोषका अनुसार सूचीकृत रोजगारदाताको सङ्ख्या २३ […]

वाणिज्य विभागद्वारा दुई फर्मलाई जरिवाना, आठ वटा फर्मलाई भने सुधारात्मक निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई कारबाही गरेको छ । स्थलग
BizKhabar Online » BizKhabar Online

वाणिज्य विभागद्वारा दुई फर्मलाई जरिवाना, आठ वटा फर्मलाई भने सुधारात्मक निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई कारबाही गरेको छ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि महालक्ष्मी नगरपालिका–२ इमाडोलमा रहेको इभ कलेक्सनलाई रु. १० हजार जरिवाना गरिएको विभागले जनाएको छ । यस्तै, काठमाडौँ महानगरपालिका–३२ सुविधानगरमा रहेको स्टोर अमिसालाई रु. पाँच हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ती […]

अर्थ मन्त्रालयसँग पूर्व सहमति नलिई नयाँ चार पाङ्ग्रे साधन खरिद गर्न नपाइने

काठमाडौँ । विनियोजित बजेटबाट नयाँ चार पाङ्ग्रे साधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयसँग पूर्व सहमति नलिई नयाँ चार पाङ्ग्रे साधन खरिद गर्न नपाइने

काठमाडौँ । विनियोजित बजेटबाट नयाँ चार पाङ्ग्रे साधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयसँग पूर्व सहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्व सहमति नलिई कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रूपमा मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ । सरकारी […]

विश्वकप लिग–२ मा आज नामिबियासँग भिड्दै नेपाल, शीर्ष ४ को दौडका लागि जीत आवश्यक

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ का लागि नेदरल्यान्ड्समा रहेको नेपाली टोलीले त्रिदेशीय स
BizKhabar Online » BizKhabar Online

विश्वकप लिग–२ मा आज नामिबियासँग भिड्दै नेपाल, शीर्ष ४ को दौडका लागि जीत आवश्यक

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ का लागि नेदरल्यान्ड्समा रहेको नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै छ। खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ । लिग २ अंकतालिकामा हाल २८ खेलबाट २८ अंकसहित पाँचौँ स्थानमा रहेको नेपाली टोलीका लागि योसँगै यसपछिको अन्तिम शृङ्खला महत्त्वपूर्ण रहेको छ । लिग २ […]

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच छलफल, व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच द्विपक्षीय आर्थिक सहकार्यलाई थप सु
BizKhabar Online » BizKhabar Online

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच छलफल, व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवद्र्धन गर्ने र निजी क्षेत्रबीच व्यावसायिक आदान–प्रदान विस्तार गर्ने विषयमा छलफल भएको छ । नेपाल भ्रमणमा रहेकी स्पेनिश चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलादा रिएरा इ रेनेसँग चेम्बर भवनमा भएको भेटवार्तामा दुवै पक्षले संस्थागत सम्बन्धलाई अझ […]

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन, शाशकीय सुधारमा सचिवहरुको जोड

काठमाडों । सरकारले सार्वजनिक विदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार
BizKhabar Online » BizKhabar Online

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन, शाशकीय सुधारमा सचिवहरुको जोड

काठमाडों । सरकारले सार्वजनिक विदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने भएको छ । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरुको बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिन थालिएपश्चात साविकमा रहेका अन्य सार्वजनिक बिदाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

भूमिहीनका नाममा सरकारको अन्तिम आह्वान : ३५ दिनभित्र आवेदन दिनु

काठमाडौं । सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोब
BizKhabar Online » BizKhabar Online

भूमिहीनका नाममा सरकारको अन्तिम आह्वान : ३५ दिनभित्र आवेदन दिनु

काठमाडौं । सरकारले ६६ वटा स्थानीय तहमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान प्रक्रियालाई अघि बढाउँदै अन्तिमपटक निवेदन दर्ताका लागि आह्वान गरेको छ। भूमि समस्या समाधान समितिले आइतबार जारी गरेको सूचनाअनुसार भूमिहीन दलित र भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको बसोबास व्यवस्थापनका लागि आवश्यक विवरण संकलन गर्न साउन ४ […]

अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयन मार्गनिर्देशन जारी, यस्ता छन् ३७ बुँदा

काठमाडौं। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी, पारदर्शी, नतिजामुखी तथा वित्त
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयन मार्गनिर्देशन जारी, यस्ता छन् ३७ बुँदा

काठमाडौं। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी, पारदर्शी, नतिजामुखी तथा वित्तीय अनुशासनसहित कार्यान्वयन गर्न ३७ बुँदे बजेट कार्यान्वयन सम्बन्धी मार्गनिर्देशन जारी गरेको छ। सोमबार जारी गरिएको मार्गनिर्देशनमा विनियोजन ऐन, २०८३ तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्वसम्बन्धी कानुनको पूर्ण पालना गर्न सबै मन्त्रालय, विभाग, सार्वजनिक निकाय, प्रदेश तथा स्थानीय तहलाई निर्देशन दिइएको छ। मार्गनिर्देशनअनुसार […]

गैरकानुनी व्यापार राेक्न सरकारको कडा कदम, मिसावट र चोरी पैठारीका वस्तु बिक्री गरे कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी रूपमा व्यापार व्यवसाय सञ्चाल
BizKhabar Online » BizKhabar Online

गैरकानुनी व्यापार राेक्न सरकारको कडा कदम, मिसावट र चोरी पैठारीका वस्तु बिक्री गरे कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी रूपमा व्यापार व्यवसाय सञ्चालन नगर्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले सोमबार सार्वजनिक गरेको सूचनामा बजारमा लेबल नभएका, कम गुणस्तरका, गैरखाद्य पदार्थ मिसावट गरिएका तथा चोरी पैठारी गरिएका दैनिक उपभोगका अत्यावश्यक खाद्य तथा पेय पदार्थ, लत्ताकपडा लगायतका सामग्री भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको […]

उच्च अंकले बढ्यो नेप्से, कारोबार साढे ५ अर्वको

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको व
BizKhabar Online » BizKhabar Online

उच्च अंकले बढ्यो नेप्से, कारोबार साढे ५ अर्वको

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागिरहेको नेप्से अन्तिम समयमा ४१.७० अंकले बढ्दै २७ सय १९ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ४३ कम्पनीका १ करोड २२ लाख ४५ हजार बढी कित्ता सेयर किनबेच हुँदा […]

लक्ष्मी सनराइज बैंकको ‘द गोल इज ग्रिन’ अभियान : फिफा विश्वकपको गोल बराबर बिरुवा रोप्ने सहकार्य

काठमाडौं । लक्ष्मी सनराइज बैंकले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीको सामना गर्ने उद्
BizKhabar Online » BizKhabar Online

लक्ष्मी सनराइज बैंकको ‘द गोल इज ग्रिन’ अभियान : फिफा विश्वकपको गोल बराबर बिरुवा रोप्ने सहकार्य

काठमाडौं । लक्ष्मी सनराइज बैंकले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीको सामना गर्ने उद्देश्यसहित सञ्चालन गरेको ‘द गोल इज ग्रिन’ अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न डब्लुडब्लुएफ नेपाल र बाँकेको कम्दी सामुदायिक वन समन्वय समिति (कम्दी सीएफसीसी)सँग सहकार्य गरेको छ। बैंकले फिफा विश्वकप २०२६ का प्रत्येक खेलमा हुने हरेक गोल बराबर एक वटा रैथाने बिरुवा रोप्ने […]

योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य हुने, नीतिगत र प्राज्ञिक समन्वय बढ्ने

काठमाडौँ । राष्ट्रिय योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य हुने भएको छ । नीति अनुसन्धा
BizKhabar Online » BizKhabar Online

योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य हुने, नीतिगत र प्राज्ञिक समन्वय बढ्ने

काठमाडौँ । राष्ट्रिय योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य हुने भएको छ । नीति अनुसन्धान प्रतिष्ठानको गठन आदेश संशोधनसँगै योजना आयोग र त्रिविबीच समन्वय बढ्ने भएको हो । राजपत्रको भाग–३ मा प्रकाशित ‘नीति अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) आदेश (दोस्रो संशोधन, २०८३’ मा बोर्डको संरचनामा हेरफेर भएसँगै योजना आयोगका उपाध्यक्ष पदेन अध्यक्ष रहने व्यवस्था छ […]

धोबीघाटमा अत्याधनुिक एमजी सर्भिस सेन्टर सञ्चालनमा, ग्रान्ड ओपनिङ सर्भिस क्याम्पको घोषणा

काठमाडौं । नेपालमा जेएसडब्लु एमजी गाडीहरूको आधिकारिक वितरक जी‍.ओ.अटोमोबाइल्स प्रा.लि.ले धोबीघाट
BizKhabar Online » BizKhabar Online

धोबीघाटमा अत्याधनुिक एमजी सर्भिस सेन्टर सञ्चालनमा, ग्रान्ड ओपनिङ सर्भिस क्याम्पको घोषणा

काठमाडौं । नेपालमा जेएसडब्लु एमजी गाडीहरूको आधिकारिक वितरक जी‍.ओ.अटोमोबाइल्स प्रा.लि.ले धोबीघाटमा आफ्नो नयाँ स्टेट अफ आर्ट एमजी सर्भिस सेन्टर सञ्चालनमा आएको घोषणा गरेको छ। अत्याधुनिक पूर्वाधार, प्रशिक्षित प्राविधिक, जेन्युइन एमजी स्पेयर पार्ट्स तथा पारदर्शी र प्रतिस्पर्धी सेवा शुल्कसहित सञ्चालनमा आएको यो सर्भिस सेन्टरले सम्पूर्ण एमजी ग्राहकलाई उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। नयाँ […]

होण्डाले आफ्ना ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले ग्राहक
BizKhabar Online » BizKhabar Online

होण्डाले आफ्ना ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले ग्राहकवर्गको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै होन्डाका पुराना मोडेलहरूको एयर ब्यागमा देखिन सक्ने सम्भावित जोखिमलाई समाधान गर्न निःशुल्क सेफ्टी रिकल अभियान’ सञ्चालन गरिरहेको छ । यस अभियानबाट निर्माण वर्ष सन् २००१ देखि २०१४ सम्मका होण्डा कारका विभिन्न मोडेलहरू प्रभावित भएका छन्। जसमा […]

१२ पालिकाले हालसम्म पेश गरेनन् बजेट, के छ कानुनी व्यवस्था ?

काठमाडौं । स्थानयि तहले हरेक वर्ष असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था भएपनि
BizKhabar Online » BizKhabar Online

१२ पालिकाले हालसम्म पेश गरेनन् बजेट, के छ कानुनी व्यवस्था ?

काठमाडौं । स्थानयि तहले हरेक वर्ष असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था भएपनि हालसम्म केही स्थानीय तहले बजेट सार्वजनिक गरेका छैनन् । नेपालका ७५३ स्थानीय तहमध्ये साउन ४ गते भइसक्दा पनि १२ वटा स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्न नसकेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म रौतहट […]

अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो, सुनको मूल्य पनि बढ्याे

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तरराष्ट्रिय बजारम
BizKhabar Online » BizKhabar Online

अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो, सुनको मूल्य पनि बढ्याे

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसैबीच, मध्यपूर्व युद्धको सम्भावित प्रभावको मूल्याङ्कन गरिरहेका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा मिश्रित कारोबार भएको छ । गत सातादेखि अमेरिका र इरानबीचको सैन्य टकराव चर्किएसँगै विश्वको समुद्री तेल आपूर्तिको करिब पाँचौँ […]

च्याउ खोज्न गएका महिलाहरु परिवारकाे सम्पर्कमा,सबै सुरक्षित

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततःसम्प
BizKhabar Online » BizKhabar Online

च्याउ खोज्न गएका महिलाहरु परिवारकाे सम्पर्कमा,सबै सुरक्षित

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततःसम्पर्कमा आएका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर रहेका थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्र्पक बाहिर रहेका महिलाहरु परिवारको सम्पर्कमा आइसकेको जानकारी दिए । […]

फिफा विश्वकप-२०२६ मा इतिहासको सबैभन्दा बढी गोलको रेकर्ड कायम, एउटामात्र देशको नाममा रह्यो शून्य गोलको रेकर्ड

काठमाडौं । हिजो सम्पन्न फिफा विश्वकपमा इतिहासको सबैभन्दा बढी गोलको रेकर्ड कायम भएको छ । अर्जेन्ट
BizKhabar Online » BizKhabar Online

फिफा विश्वकप-२०२६ मा इतिहासको सबैभन्दा बढी गोलको रेकर्ड कायम, एउटामात्र देशको नाममा रह्यो शून्य गोलको रेकर्ड

काठमाडौं । हिजो सम्पन्न फिफा विश्वकपमा इतिहासको सबैभन्दा बढी गोलको रेकर्ड कायम भएको छ । अर्जेन्टिना र स्पेनका बिचमा फाइनल खेल सकिए सँगै यस बिश्वकपमा खेलाडीहरूले ३०८ गोल गरेका थिए । पहिलो पटक ४८ टोलीले खेलेका कारण पनि यस बिश्वकपमा सर्बाधिक ३०८ गोल भएको हो भने सन् २०२२ मा कतारमा आयोजना भएको फिफा विश्वकपमा कुल […]

चार महिनामा तीन हजार ४३५ विपद्का घटना, १६६ जनाको मृत्यु

काठमाडौँ । गत वैशाखदेखि हालसम्म विपद्मा परेर १६६ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यून
BizKhabar Online » BizKhabar Online

चार महिनामा तीन हजार ४३५ विपद्का घटना, १६६ जनाको मृत्यु

काठमाडौँ । गत वैशाखदेखि हालसम्म विपद्मा परेर १६६ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल तीन हजार ४३५ विपद्का घटना भएका छन् । विपद्मा परेर ९८८ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार चार हजार ५३१ घर परिवार प्रभावित भएका छन् । सो अवधिमा सबैभन्दा बढी […]

फाइनलमा १२औ पटक युरोप र ल्याटिन अमेरिकी देश भिडदैँ, यस्ता छन रोचक कुरा

काठमाडौं । स्पेन र अर्जेन्टिनाबीचको फुटबल विश्वकपको फाइनल खेल आज राति हुदैँछ । यो प्रतियोगिताको
BizKhabar Online » BizKhabar Online

फाइनलमा १२औ पटक युरोप र ल्याटिन अमेरिकी देश भिडदैँ, यस्ता छन रोचक कुरा

काठमाडौं । स्पेन र अर्जेन्टिनाबीचको फुटबल विश्वकपको फाइनल खेल आज राति हुदैँछ । यो प्रतियोगिताको ९६ वर्षे फिफा विश्वकपको इतिहासमा २३औँ फाइनल खेल हुनेछ। अन्तिम खेल न्युयोर्कस्थिति न्यु जर्सी रंगशाला खेलिनेछ । जहाँ ८० हजार धेरै दर्शकको दर्शनको अपेक्षा गरिएको छ । लियोनेल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले लगातार दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको छ। यता, […]

Get more results via ClueGoal