Nepal



सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशन : नयाँ खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्नु

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले सबै सार्वजनिक निकायहरूलाई हालै प्रमाणीकर
BizKhabar Online » BizKhabar Online

सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशन : नयाँ खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्नु

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले सबै सार्वजनिक निकायहरूलाई हालै प्रमाणीकरण भई लागू भएको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३’ को व्यवस्था अनुसार मात्रै खरिद काम कारबाही अघि बढाउन निर्देशन दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै गत असार २५ गते प्रमाणीकरण भई प्रारम्भ भइसकेको नयाँ संशोधन ऐन अनुसार नमूना बोलपत्र सम्बन्धी […]

सरकारी कर्मचारीलाई सवारी किन्न सहुलियत ऋण दिने तयारी, सचिवले ६० लाखसम्म पाउने

सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारी गरेको छ। प
BizKhabar Online » BizKhabar Online

सरकारी कर्मचारीलाई सवारी किन्न सहुलियत ऋण दिने तयारी, सचिवले ६० लाखसम्म पाउने

सरकारले सरकारी कर्मचारीलाई सवारीसाधन खरिदका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको ‘सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदाअनुसार उपसचिव वा सोभन्दा माथिका कर्मचारीलाई चार पाङ्ग्रे र त्यसभन्दा तल्लो तहका कर्मचारीलाई दुई पाङ्ग्रे सवारी खरिदका लागि शतप्रतिशत ब्याज अनुदानसहित ऋण दिने प्रस्ताव गरिएको छ। मस्यौदाअनुसार […]

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र, सवारीसाधनमा गएका पर्यटक घान्द्रुकमै रोकिए

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्
BizKhabar Online » BizKhabar Online

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र, सवारीसाधनमा गएका पर्यटक घान्द्रुकमै रोकिए

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ र १० को सीमा स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकमा यातायात बन्द भएको छ । अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला थुनिपछि आएको बाढीका कारण उर्लिएको मोदी […]

नेप्सेमा ३०.६० अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिराव
BizKhabar Online » BizKhabar Online

नेप्सेमा ३०.६० अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ३०.६० अंकले बढेर २ हजार ५ सय ७०.१८ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ४९ कम्पनीको घटेको छ । आज नेप्से परिसूचक घटेपनि कारोबार […]

सातै प्रदेशमा जलन उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री बालेनको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्
BizKhabar Online » BizKhabar Online

सातै प्रदेशमा जलन उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री बालेनको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (सोमबार) स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले […]

हर्मुजमा लडाइँ तीव्र, ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव

काठमाडौँ । विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको नियन्त्रणलाई लिएर अमे
BizKhabar Online » BizKhabar Online

हर्मुजमा लडाइँ तीव्र, ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव

काठमाडौँ । विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव थप चुलिएको छ । दुवै पक्षले जलघाँटी आफ्नो नियन्त्रणमा रहेको दाबी गरिरहेका बेला पछिल्ला सैन्य आक्रमणले युद्ध विराम प्रयासलाई थप कमजोर बनाएको छ । कुवेत र बहराइनसम्म फैलिएको तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ । […]

रोशी खोला जलाधार क्षेत्रमा लगातार वर्षा, बीपी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि होल्ड

काठमाडौँ । काभ्रेपलान्चोकको रोशी खोला जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण बीपी राजमार्गमा सव
BizKhabar Online » BizKhabar Online

रोशी खोला जलाधार क्षेत्रमा लगातार वर्षा, बीपी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि होल्ड

काठमाडौँ । काभ्रेपलान्चोकको रोशी खोला जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन तत्कालका लागि होल्ड गरिएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकले सोमबार दिउँसो सूचना जारी गर्दै सम्भावित जोखिमलाई मध्यनजर गरी सवारी आवागमन ‘होल्ड’ गरिएको जानकारी दिएको छ । रोशी खोला क्षेत्रमा पानी परिरहेकाले नदीमा बहाव बढ्न सक्ने र राजमार्गमा जोखिम हुन […]

जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा १० प्रतिशतभन्दा बढी जनसङ्ख्या घट्यो

काठमाडौँ । जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा सन् २०२० देखि २०२५ को अवधिमा जनसङ्ख्या १० प्रति
BizKhabar Online » BizKhabar Online

जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा १० प्रतिशतभन्दा बढी जनसङ्ख्या घट्यो

काठमाडौँ । जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा सन् २०२० देखि २०२५ को अवधिमा जनसङ्ख्या १० प्रतिशतभन्दा बढीले घटेको जापानी समाचार संस्था ‘क्योदो न्युज’ले आइतबार जनाएको छ । समाचारअनुसार, यस्तो गिरावट भएका नगरपालिकाको सङ्ख्या अघिल्लो पाँच वर्षको तुलनामा झण्डै दोब्बर भएको छ । सन् २०१५–२०२० मा २४७ नगरपालिका यस श्रेणीमा रहेकामा सन् २०२०–२०२५ मा यो सङ्ख्या […]

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसदमा दर्ता

काठमाडौं । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक नियमावली खारेज गर्नेगरी संस
BizKhabar Online » BizKhabar Online

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसदमा दर्ता

काठमाडौं । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक नियमावली खारेज गर्नेगरी संसदमा विधेयक दर्ता गरेको छ । सङ्घीय संसद् प्रतिनिधिसभामा असार २३ गते दर्ता भएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक, २०८३’ ले विभिन्न कानुनी जटिलता, दोहोरोपनाको अन्त्य, संविधान तथा सङ्घीय शासन व्यवस्थाअनुकूल कानुनी सुधार, राजस्व प्रशासनलाई प्रविधिमैत्री बनाउने […]

‘एनसेल’ को बजार हिस्सा लगातार घट्दै, ‘टेलिकम’ ले बढाउँदैछ ग्राहक

काठमाडौं । निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक एनसेलको ग्राहक हिस्सा घटदै गएको पाइएको छ । नेपाल
BizKhabar Online » BizKhabar Online

‘एनसेल’ को बजार हिस्सा लगातार घट्दै, ‘टेलिकम’ ले बढाउँदैछ ग्राहक

काठमाडौं । निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक एनसेलको ग्राहक हिस्सा घटदै गएको पाइएको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणलाई आधार मान्दा योे वर्षको जेठ महिनासम्म आइपुग्दा नेपाल टेलिकमले आफ्नो बजार हिस्सा उल्लेखनीय रूपमा विस्तार गर्दा प्रतिस्पर्धी एनसेलको हिस्सा भने निरन्तर घटिरहेको पाइएको हो । प्राधिकरणको विवरणअनुसार चालु आर्थिक वर्षको जेठसम्म नेपाल टेलिकमको बजार […]

महानगर प्रहरीमा बालेनले रोपेको त्यो बिउ, जसले नागरिकलाई नागरिक मान्दैन

काठमाडौं । बिहीबार राजधानीमा ट्राफिक नियम उल्लंघनको कसूरमा भएको भनिएको कारवाहीमा एकजना युवाले आ
BizKhabar Online » BizKhabar Online

महानगर प्रहरीमा बालेनले रोपेको त्यो बिउ, जसले नागरिकलाई नागरिक मान्दैन

काठमाडौं । बिहीबार राजधानीमा ट्राफिक नियम उल्लंघनको कसूरमा भएको भनिएको कारवाहीमा एकजना युवाले आत्मदाह गरेसँगै अहिले सर्वत्र तरंग उत्पन्न भएको छ । हरेक घटनामा आफ्नो स्वार्थअनुसार विभाजित हुने नेपाली समाजको प्रवृत्ति यस घटनामा पनि स्पष्ट देखिएको छ । विशेषत अहिलेको राज्य सञ्चालन गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समूहले यो […]

विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा
BizKhabar Online » BizKhabar Online

विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको जनाएको छ । हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, […]

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा, यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । रा
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा, यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

आज आदिकवि भानुभक्तको २१३औँ जन्म जयन्ती मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आय
BizKhabar Online » BizKhabar Online

आज आदिकवि भानुभक्तको २१३औँ जन्म जयन्ती मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण […]

गणेश नेपालीका परिवारसँग सरकारको ९ बुँदे सहमति, राहतदेखि छोरीको उच्च शिक्षासम्मको जिम्मेवारी

काठमाडौं । आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीका परिवारसँग नेपाल सरकार र काठमा
BizKhabar Online » BizKhabar Online

गणेश नेपालीका परिवारसँग सरकारको ९ बुँदे सहमति, राहतदेखि छोरीको उच्च शिक्षासम्मको जिम्मेवारी

काठमाडौं । आत्मदाहको प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीका परिवारसँग नेपाल सरकार र काठमाडौं महानगरपालिकाले ९ बुँदे सहमति गरेका छन्। सहमतिसँगै केही दिनदेखि रोकिएको शव बुझ्ने प्रक्रिया पनि अघि बढ्ने भएको छ। मुगुको सोरु गाउँपालिका–१ निवासी गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका थिए। गम्भीर रूपमा घाइते भएका उनको उपचारका क्रममा असार २५ […]

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

काठमाडौं । नेपालको उदाउँदो प्रिमियम ब्यूटी ब्रान्ड बेलो ब्लस स्टुडियोले काठमाडौंमा आफ्नो नयाँ प
BizKhabar Online » BizKhabar Online

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

काठमाडौं । नेपालको उदाउँदो प्रिमियम ब्यूटी ब्रान्ड बेलो ब्लस स्टुडियोले काठमाडौंमा आफ्नो नयाँ प्रिमियम ब्यूटी स्टुडियोको औपचारिक सञ्चालन सुरु गरेको घोषणा गरेको छ। नेल आर्ट, ल्यास एक्सटेन्सन तथा सौन्दर्य शिक्षामा विशेष पहिचान बनाएको कम्पनीको यो विस्तारले नेपालको सौन्दर्य उद्योगमा अन्तर्राष्ट्रियस्तरको सेवा, व्यावसायिक दक्षता र नवीनतालाई प्रवद्र्धन गर्ने दीर्घकालीन प्रतिबद्धतालाई थप सुदृढ बनाएको कम्पनीले जनाएको छ। […]

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डङ्गोल विजयी, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । ठमेल क्षेत्रभित्रका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को अध्य
BizKhabar Online » BizKhabar Online

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डङ्गोल विजयी, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । ठमेल क्षेत्रभित्रका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएका छन् । परिषद्को आज सम्पन्न निर्वाचनमा डङ्गोलले प्रश्रय राजभण्डारीलाई पराजित गरेका निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिए। डङ्गोलले ७२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राजभण्डारीले ३ सय ६५ मत प्राप्त गरेका थिए । परिषदल्को प्रथम उपाध्यक्षमा […]

सिटीमार्फत लगानीकर्ता ठगेका गोल्याणले जाफलको नाममा पुनः ठगी गर्दै, ऋणले डुब्न लागेको कम्पनीलाई आईपीओमा लगिदैं

काठमाडौं । व्यवसायी पवनकुमार ग्लोल्याणले पुनः एक पटक सर्वसाधारण लगानीकर्तालाई ठग्न लागेका छन्
BizKhabar Online » BizKhabar Online

सिटीमार्फत लगानीकर्ता ठगेका गोल्याणले जाफलको नाममा पुनः ठगी गर्दै, ऋणले डुब्न लागेको कम्पनीलाई आईपीओमा लगिदैं

काठमाडौं । व्यवसायी पवनकुमार ग्लोल्याणले पुनः एक पटक सर्वसाधारण लगानीकर्तालाई ठग्न लागेका छन् । वित्तीय अवस्था नाजुक रहेको सिटी होटलको साधारण सेयर (आईपीओ) ल्याएर लगानीकर्ता ठगिसकेका गोल्यणले पुनः जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेड (जाफल) को नाममा ठगि गर्न लागेका हुन् । गोल्याणको नेतृत्वमा रहेको वित्तीय अवस्था खराब भएको र हाल ऋणमा चलिरहेको जनता एग्रो एण्ड […]

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा, लालपुर्जा दिने आश्वासन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ स
BizKhabar Online » BizKhabar Online

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा, लालपुर्जा दिने आश्वासन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेका छन् । मन्त्री गुरूङसँगै सरकरका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र […]

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत रु. एक अर्ब ७६ करोड
BizKhabar Online » BizKhabar Online

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत रु. एक अर्ब ७६ करोडको बजेट पारित गरेको छ । नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा शनिबार सम्पन्न १९औँ नगरसभाले वागीश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिर, १०८ फिट अग्लो हनुमान् मूर्ति, व्यापारिक भवन निर्माण, जमुनाहा नाकामा प्रवेशद्वार तथा नगर बसपार्क निर्माणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ […]

नबिल बैंक ४२औँ वर्षमा प्रवेश : एआई र समग्र वित्तीय सेवामार्फत भविष्यको नेतृत्व गर्ने घोषणा

काठमाडौं । नबिल बैंकले स्थापनाको ४२ वर्ष पूरा गर्दै परम्परागत बैंकिङ सेवाभन्दा माथि उठेर समग्र व
BizKhabar Online » BizKhabar Online

नबिल बैंक ४२औँ वर्षमा प्रवेश : एआई र समग्र वित्तीय सेवामार्फत भविष्यको नेतृत्व गर्ने घोषणा

काठमाडौं । नबिल बैंकले स्थापनाको ४२ वर्ष पूरा गर्दै परम्परागत बैंकिङ सेवाभन्दा माथि उठेर समग्र वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। वार्षिकोत्सवका अवसरमा बैंकले ग्राहक, समुदाय र राष्ट्रिय अर्थतन्त्रका लागि समावेशी तथा समृद्ध भविष्य निर्माण गर्ने लक्ष्यसहित आफ्नो भावी रणनीति सार्वजनिक गरेको हो। वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विगत ४२ वर्षदेखि बैंकको […]

निजी विद्यालयका चार संगठनको माग–तीन प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज हुनुपर्छ

काठमाडौं । निजी विद्यालयका चार प्रमुख संगठनले सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रस्ता
BizKhabar Online » BizKhabar Online

निजी विद्यालयका चार संगठनको माग–तीन प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज हुनुपर्छ

काठमाडौं । निजी विद्यालयका चार प्रमुख संगठनले सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रस्ताव गरेको ३ प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन् । उनीहरूले उक्त व्यवस्था व्यवहारिक, न्यायोचित तथा संविधानको भावनाविपरीत रहेको भन्दै पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन् । आइतबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा एसोसिएसन अफ प्राइभेट एजुकेशनल इन्स्टिच्युसन्स नेपाल […]

अटो उद्योग संकटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित

काठमाडौं । एक वर्षदेखि रोजगारीको खोजीमा रहेका जर्मन सफ्टवेयर इन्जिनियर म्याक्स पेलले ठूला अटोमो
BizKhabar Online » BizKhabar Online

अटो उद्योग संकटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित

काठमाडौं । एक वर्षदेखि रोजगारीको खोजीमा रहेका जर्मन सफ्टवेयर इन्जिनियर म्याक्स पेलले ठूला अटोमोटिभ आपूर्तिकर्ता कम्पनीमा काम गरेको अनुभवसहित करिब ५० वटा आवेदन पठाइसके, तर अझै स्थायी जागिर पाउनसकेका छैनन् । स्वायत्त तथा बौद्धिक ड्राइभिङ प्रणालीका लागि महत्वपूर्ण मानिने ‘कम्प्युटर भिजन’ प्रविधिमा दक्ष पेलले कुनै समय जर्मनीका ठूला औद्योगिक कम्पनीमा सहजै अवसर पाउने अपेक्षा गर्थे […]

तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ३५ : यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ३५ : यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २२, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४६, आलु रातो (गोलो) प्रतिकिलो रु ४३, आलु रातो (मुढे) […]

देशैभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको अलर्ट

काठमाडौं । आज देशभरको मौसममा व्यापक बदलाव आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो देशभ
BizKhabar Online » BizKhabar Online

देशैभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको अलर्ट

काठमाडौं । आज देशभरको मौसममा व्यापक बदलाव आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दिउँसो देशभर अधिकांश बादल लाग्नेछ भने देशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई […]

रहेनन् पूर्व गृहसचिव पदमप्रसाद पोखरेल, ७८ वर्षको उमेरमा निधन

काठमाडौं । पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ । उनको बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्
BizKhabar Online » BizKhabar Online

रहेनन् पूर्व गृहसचिव पदमप्रसाद पोखरेल, ७८ वर्षको उमेरमा निधन

काठमाडौं । पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ । उनको बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । उनका १ छोरा र ३ छोरी छन् । अष्ट्रेलियामा रहेका छोरा प्रदीप र छोरी रमिला काठमाडौं आइपुगेपछि अन्त्येष्टि गरिने भएको छ । जेठी छोरी प्रमिला प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालकी पत्नी […]

इरानद्वारा होर्मुज बन्दको घोषणा, अमेरिकाद्धारा सैन्य आक्रमण

काठमाडौं । इरानले होर्मुज जलडमरूमध्य हुँदै गइरहेको एक व्यावसायिक जहाजमाथि आक्रमण गरेपछि अमेरिक
BizKhabar Online » BizKhabar Online

इरानद्वारा होर्मुज बन्दको घोषणा, अमेरिकाद्धारा सैन्य आक्रमण

काठमाडौं । इरानले होर्मुज जलडमरूमध्य हुँदै गइरहेको एक व्यावसायिक जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले इरानका विभिन्न सैन्य लक्ष्यमा पुनः हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार साइप्रसको झण्डा बोकेको जहाजमाथि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले आक्रमण गरेपछि यस साताको तेस्रो चरणको सैन्य कारबाही गरिएको हो। सेन्टकमले आक्रमणका कारण जहाजको इन्जिन […]

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ फर्म तथा कम्प
BizKhabar Online » BizKhabar Online

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४ फर्म तथा कम्पनीको इजाजतपत्र स्वतः खारेजी भएको जनाएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२ चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकामा सो […]

ज्ञानेश्वरमा महालक्ष्मी विकास बैंकको कफी लाउन्जसहितको डिजिटल हब, ग्राहकलाई नवीनतम सेवा

काठमाडौं । महालक्ष्मी विकास बैंकको काठमाडौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा कफि लाउञ्ज सहि
BizKhabar Online » BizKhabar Online

ज्ञानेश्वरमा महालक्ष्मी विकास बैंकको कफी लाउन्जसहितको डिजिटल हब, ग्राहकलाई नवीनतम सेवा

काठमाडौं । महालक्ष्मी विकास बैंकको काठमाडौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हबको औपचारिक समुद्घाटन कार्यक्रम असार २६ गते सम्पन्न भएको छ । आज एक कार्यक्रमका बीच बैंकका संचालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफि लाउन्ज सहितको डिजिटल हब रहको कार्यालय भवनको समुद्घाटन गरेको हो । सो कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, […]

सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’, महिला उद्यमशीलता प्रवर्द्धन गर्ने

काठमाडौं । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहु
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’, महिला उद्यमशीलता प्रवर्द्धन गर्ने

काठमाडौं । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा सञ्चालनमा ल्याएको छ । महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमलाई लक्षित गरी ल्याइएको यस कर्जा योजना अन्तर्गत महिला उद्यमीले १५ लाख रूपैयाँसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, […]

पशु वधशाला र मासु जाँच ऐन कार्यान्वयनको तयारी, २६ वर्षपछि जाग्यो सरकार

काठमाडौं । २६ वर्षअघि जारी भएको पशु वधशाला र मासु जाँच ऐन, २०५५ अब चरणबद्ध रूपमा कार्यान्वयनमा ल्य
BizKhabar Online » BizKhabar Online

पशु वधशाला र मासु जाँच ऐन कार्यान्वयनको तयारी, २६ वर्षपछि जाग्यो सरकार

काठमाडौं । २६ वर्षअघि जारी भएको पशु वधशाला र मासु जाँच ऐन, २०५५ अब चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्दै ऐन कार्यान्वयनका लागि आवश्यक तयारी तत्काल अघि बढाउन निर्देशन दिएकी हुन् । मन्त्री चौधरीले ऐन बनेको दुई दशकभन्दा बढी […]

के रक्तदानले कोलेस्ट्रोल घटाउन मद्दत गर्छ ?, यस्तो छ चिकित्सकको राय

काठमाडौं । रक्तदान एक सामाजिक र मानवीय कार्य हो । यसले धेरैको ज्यान बचाउन सक्छ । यद्यपि, धेरै मानिस
BizKhabar Online » BizKhabar Online

के रक्तदानले कोलेस्ट्रोल घटाउन मद्दत गर्छ ?, यस्तो छ चिकित्सकको राय

काठमाडौं । रक्तदान एक सामाजिक र मानवीय कार्य हो । यसले धेरैको ज्यान बचाउन सक्छ । यद्यपि, धेरै मानिसहरू विश्वास गर्छन् कि रक्तदानले कोलेस्ट्रोलको स्तर कम गर्न मद्दत गर्दछ । भारतको म्याक्स अस्पतालका समूह अध्यक्ष डा. बलबीर सिंहले रक्तदानले शरीरमा ल्याउन सक्ने परिवर्तनहरू र कोलेस्ट्रोलमा यसको प्रभावको बारेमा व्याख्या गरेका छन् । के रक्तदानले कोलेस्ट्रोल […]

विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

काठमाडौँ । विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकार
BizKhabar Online » BizKhabar Online

विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

काठमाडौँ । विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद् टोल–फ्री नम्बर ११४९ लाई रूपान्तरण गरी १२३४ नम्बर सञ्चालनमा ल्याइएको हो । नयाँ व्यवस्थाअनुसार […]

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य, गुणस्तर कायम राख्न कडाई

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात
BizKhabar Online » BizKhabar Online

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य, गुणस्तर कायम राख्न कडाई

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य गरेको छ । स्थानीय उत्पादनको गुणस्तर प्रमाणीकरण तथा निर्यात व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा उत्पादित स्याउको गुणस्तर र स्वच्छता कायम गर्दै बजारमा तिलागुफाको स्याउको विश्वसनीयता जोगाउन सिफारिस अनिवार्य गरिएको […]

राजधानीमा अर्को आत्मदाहको प्रयास, उद्धारपछि वीर अस्पताल उपचार हुँदै

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । पारिवारिक विवाद बढेपछि ४
BizKhabar Online » BizKhabar Online

राजधानीमा अर्को आत्मदाहको प्रयास, उद्धारपछि वीर अस्पताल उपचार हुँदै

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । पारिवारिक विवाद बढेपछि ४५ वर्षीय आश्विन राउतले भान्साकोठामा गएर आफूलाई आगो लगाएका हुन् । घाइते अवस्थामा फेला परेका उनको उद्धार गरेर वीर अस्पताल पुर्याइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Get more results via ClueGoal