newsare.net
खोटाङ कात्तिक–२०, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडामा गत वर्षहरु जस्तै यो वर्खोटाङमा भलिवल प्रतियोगिता लगायत वृहत कार्यक्रमको तयारी
खोटाङ कात्तिक–२०, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी–९ निर्मलीडाँडामा गत वर्षहरु जस्तै यो वर्षको दिपावलीमा पनि वृहत कार्यक्रमका साथ भलिवल प्रतियोगिताको तयारी गरिएको छ । २०७२ सालमा स्थापित ‘वालाजित वसन्तलक्ष्मी राई स्मृति प्रतिष्ठान’ले आयोजना गर्दै आएको विशेष कार्यक्रम यही कात्तिक–२५ गतेदेखि निर्मलीडाँडामा सुरु गर्ने तयारी गरिएको हो । ‘वालाजित वसन्तलक्ष्मी राई स्मृति प्रतिष्ठान’ले आयोजना गर्दै आएको विविध कार्यक्रमहरुमध्ये भलिवल प्रतियोगितामा भने गत वर्षदेखि ‘मन्दत मनरानी स्मृति प्रतिष्ठानले समेत सहकार्य तथा साझेदारी गर्दै आएका छन् । नगरपालिका तथा गाउँपालिकाको वडा स्तरीय समुहलाई सहभागी गराईने भलिवल प्रतियोगिताको प्रथम पुरस्कार राशी ५० हजार १ सय ५१ रुपैंयाँ रहेको छ । यस्तै, दोस्रो समुहलाई ३० हजार १ सय ५१ र तेस्रो समुहको लागि २० हजार १ सय ५१ रुपैंयाँ नगद पुरस्कार तोकिएको छ । विजेता तीनै समुहलाई ट्रफी, मेडल तथा प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीको लागि समेत पुरस्कारको व्यवस्था गरिएको वताईएको छ । वडाध्यक्ष हर्कराज राई लगायतका स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरुको उपस्थितीमा भव्य समारोहकावीच कार्यक्रमको उद्घाटन तथा समापन गरिने तयारी गरिएको आयोजकले जनाएका छन् । वालाजित वसन्तलक्ष्मी राई स्मृति पुरस्कारको दोस्रो संस्करण पत्रकारलाई वालाजित वसन्तलक्ष्मी राई स्मृति पुरस्कारको दोस्रो संस्करण अर्थात यो वर्षको पुरस्कार जिल्लाका पत्रकारलाई प्रदान गर्ने टुंगो गरिएको छ । जिल्लामा जन्मिएर कला–साहित्य, पत्रकारिता, शिक्षा, स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई छनौट गरी वार्षिक एक जनालाई नगद १५ हजार रुपैंयाँको साथमा ताम्रापत्रले पुरस्कृत गर्ने गरिएको छ । पहिलो संस्करणको पुरस्कार गत वर्ष कला–साहित्य विधावाट चन्द्र रानोहँछालाई प्रदान गरिएकोमा यो वर्ष भने पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने जिल्लाकै एक पत्रकारलाई पुरस्कृत गर्ने टुंगो लगाईएको पुरस्कार संस्थापन पक्षले जनाएको छ ।भलिवल प्रतियोगिता लगायतका कार्यक्रम समापन समारोह अर्थात कात्तिक–२७ गतेका दिन नै स्मृति पुरस्कार प्रदान गर्ने तयारी गरिएको छ । कार्यक्रममा कवि तथा साहित्यकार चन्द्र रानोहँछा लगायतका श्रष्टा–सर्जक तथा कलाकारहरुको समेत उपस्थिती रहने वताईएको छ । प्रतिष्ठानका अध्यक्ष ऋषिधन राई, पुरस्कार संस्थापक संरक्षक जितेन्द्र राई लगायतका समाजसेवीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएका छन् । Read more